ए’ डिभिजन लिगः आर्मी र सातदोबाटोको बराबरी

कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबले  बराबरी खेल्दै अंक बाँडेका छन ।

आर्मीले सुरुवाती अग्रता जोगाउन नसक्दा सातदोबाटोसँग १–१ गोलको बराबरी खेलेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा खेलमा दिनेश हेन्जनको गोलबाट आर्मीले १०औं मिनेटमा अग्रता लिएको थियो ।

१६औं मिनेटमा अजायी मार्टिन्सले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

यो बराबरीपछि अपराजित रहेको आर्मीको ५ खेलबाट ९ अक पुगेको छ । आर्मी तेस्रो स्थानमा यथावत रहेको छ । सातदोबाटोको ५ खेलबाट ८ अंक पुगेको छ ।