तीन सय ४१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

सोमबार नेपालमा तीन सय ४१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १३ हजार दुई सय ३६ जनाको नमुना परीक्षण गर्दा तीन सय ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

थपिएकासहित नेपालमा अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख २४ हजार पाँच सय ३५ जनामा र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९५ हजार आठ सय १० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन सय ७६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसहित कोरोनाबाट निको हुनेको सङ्ख्या आठ लाख सात हजार एक सय ५४ पुगेको छ ।

यही अवधिमा तीन जना सङ्क्रमितको ज्यान गएको छ । योसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ५७ पुगेको छ ।

अहिले नेपालमा पाँच हजार आठ सय २४ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।