दमकबाट ६ जना जुवाडे पक्राउ

झापा ।
झापाको दमक नगरपालिका–५ स्थित दिपेश भट्टराईको खाली घर कोठामा तास खेलिरहेको अबस्थामा ६ जनालाई नगद सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा ईलाम चुलाचुली गाँउपालिका–५ का ३९ बर्षिय सुमन सिंह राई, पाँचथर मिक्लाजुङ गाँउपालिका–१ का ४२ बर्षिय बबिन सुब्बा, दकम नगरपालिका–५ का ५८ बर्षिय लक्ष्मी ढकाल, दमक–५ की ३४ बर्षीया कमला राई, दमक–५ की ४० बर्षीया बिमला तामाङ र कमल गाँउपालिका–३ का ५१ बर्षिय राज कुमार खड्का रहेका छन् ।
बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई तास खेलिरहेकै अबस्थामा नगद रु. ४० हजार र ३ बुङ तास सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनिहरुलाई ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको छ ।