लालीगुराँस सहकारीको साधारणसभा सम्पन्न


बेलबारी स्थित लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेड को २७ औँ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।बेलबारी नगरपालिका १ स्थित सांस्कृतिक भवनमा संस्थाको साधारणसभा सम्पन्न भएको हो । सो अबसरमा संस्थाले रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ । कार्यक्रममा ६० जनाले रगतदान गरेका थिए ।
साधारणसभामा आर्थिक वर्ष २०७७।७८ को कार्य प्रगति तथा आ.ब. २०७८÷७९ को प्रस्तावित कार्ययोजना संस्थाका सचिव नारायण प्रसाद आचार्यले प्रस्तुत गर्नुभएको थियो । भने आ. व २०७८÷७९ को आर्थिक प्रतिवेदन तथा प्रस्तावित बजेट संस्थाका कोषाध्यक्ष राजेन्द्र थापाले प्रस्तुत गर्नुभएको थियो ।
२०७९ साल असार मसान्तमा संस्थाको शेयर पुँजी ४ करोड ८० लाख र बचत निक्षेप ३२ करोड ९३ लाख पु¥याउने लक्ष्यसहितको ४१ करोड ३९ लाख रुपैयाँ बराबरको अनुमानित आयव्यय विवरण प्रस्तुत गरिएको छ ।
संस्थाका अध्यक्ष दुर्गाप्रसाद गौतमको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेल प्रमुख अतिथी रहेका थिए ।
कार्यक्रममा जिल्ला बचत तथा सहकारी संघका अध्यक्ष एकराज निरौला , बेलबारी नगरपालिका वडा १ का वडाध्यक्ष चक्र खुलाल,वडा २ का अध्यक्ष घनश्याम गौतम, वडा ३ का वडाध्यक्ष योेगेन्द्रप्रसाद सुवेदी लगायतको उपस्थिती रहेको थियो ।