थप दुई सय ११ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा थप दुई सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौ हजार चार सय ५१ जनाको नमुना परीक्षण गर्दा दुई सय ११ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै थप तीन सय २९ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख पाँच हजार नौ सय जना पुगेको छ ।
यही अवधिमा दुई जना सङ्क्रमितको ज्यान गएको छ । योसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ४९ पुगेको छ ।
अहिले नेपालमा ६ हजार एक सय पाँच जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।