२४ घण्टामा तीन लाख जनाभन्दा धेरैले लगाए कोरोना खोप

पछिल्लो २४ घण्टामा थप तीन लाख जनाभन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । आज तीन लाख ३७ हजार एक सय ७२ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।
हिजो बुधवार पनि दुई लाख ८७ हजार जनाले खोप लगाएका थिए ।
अहिलेसम्म ९० लाख ५८ हजार पाँच सय ८२ जनाले पूर्ण मात्रा खोप लगाएका छन । एक करोड आठ लाख ४६ हजारभन्दा धेरैले कम्तीमा एक मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।