मंसिर २५ गते बेलबारीमा अन्तरपालिका डोरीतान प्रतियोगिता हुने


मोरङको बेलबारीमा यहि मंसिर २५ गते प्रथम मोरङ जिल्ला स्तरीय अन्तरपालिका डोरीतान प्रतियोगिता आयोजना हुने भएको छ । बेलबारी डोरीतान नगर समितिको आयोजनामा बेलबारी ४ स्थित बेतना युनाइटेड क्लबको खेलमैदानमा प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगितामा मोरङ जिल्लाका १६ वटा पालिकाका टिमहरु सहभागी हुने आयोजक बेलबारी डोरीतान नगर समिति अध्यक्ष शितल रायले जानकारी दिइन् ।
बेतना युनाइटेड क्लबको खेल मैदानमा मंगलबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी गराइएको हो । प्रतियोगिताको प्रथम पुरस्कारको राशि ५१ हजार रुपैयाँ रहेको । साथमा ट्रफी,मेडल,प्रमाणपत्र पनि प्रदान गरिने आयोजकले जानकारी दिएको छ । त्यस्तै दोस्रो पुरस्कार ३५ हजार रुपैयाँ रासिको रहेको छ । प्रतियोगिता आयोजनामा करिब ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको र बेलबारी नगरपालिकाले १ लाख रुपैयाँ तथा प्रदेश डोरीतान समितिले दोस्रो पुरस्कार सहयोग गर्ने अध्यक्ष रायले जानकारी गराइन् । डोरीतान खेलको विकास,प्रचार प्रसार र प्रोत्साहनका लागि उनले सबैसँग सहयोगको अपेक्षा रहेको बताइन् ।

No description available.


प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा डोरीतान १ नम्बर प्रदेश समितिका सचिव युवराज चौधरी र मोरङ जिल्ला सचिव लक्ष्मण वुढाथोकी लगायतको पनि उपस्थिति रहेको थियो ।