दुई सय ६५ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा दुई सय ६५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी आठ हजार ६ सय १७ जनाको नमुना परीक्षण गर्दा तीन दशमलव ०७ प्रतिशत अर्थात् दुई सय ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन सय ५७ जना निको भएसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख चार हजार नौ सय एक पुगेको छ । अहिले नेपालमा ६ हजार तीन सय ८६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यही अवधिमा दुई जनासहित कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ४३ पुगेको छ ।