लागुऔषध सहित १ पक्राउ

मोरङ ।
मोरङ बिराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट लागुऔषध सहित १ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी धरान उप–महानगरपालिका १६ का १९ बर्षिय कैलाश मल्लिक रहेका छन् ।
बिहिबार बेलुका साढे ६ बजे भारतबाट नेपाल तर्फ आउदै गरेका उनलाई लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा लागुऔषध नाईट्रोसन १०० ट्याब्लेट सहित पक्राउ गरेको हो ।
पक्राउ परेका मल्लिकको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।