अरुण तेस्रोमा ढुंगाले किचेर भारतिय मजदुरको मृत्यु

संखुवासभा ।
संखुवासभा चिचिला गाँउपालिका ३ सोलाखानीमा ढुंगाले किचेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अरुण तेस्रो जलबिधुत आयोजनामा काम गर्ने कामदार भारत मध्य प्रदेश का ४५ बर्षिय मुगेरी लाल सिंह रहेका छन् ।
बुधबार राति साँवा ७ बजे निर्माणाधिन सुरुङ भित्र काम गर्ने क्रममा अचानक माथिबाट ढुङ्गा झरेर किचि घाईते भएका सिंहलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी लगिएको थियो । उपचारको क्रममा राति १२ बजे सिंहको मृत्यु भएको हो ।
घटना सम्बन्धमा प्रहरीद्वारा थप अनुसन्धान भइरहेको छ ।