ब्राउनसुगर सहित सुनसरीबाट १ पक्राउ

सुनसरी ।
सुनसरी ईटहरी उप–महानगरपालिका ६ स्थितबाट ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईटहरी ४ पान्धारे का ३० बर्षिय सन्तोष श्रेष्ठ रहेका छन् ।
बुधबार बेलुका साढे ६ बजे प्रदेश नम्बर १–०२–०४३ प १५२ नम्बरको स्कुटरमा सवार श्रेष्ठलाई चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउनसुगर ३ ग्राम ५०० मिलिग्राम बरामद गरिएको हो ।
पक्राउ परेका श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय ईटहारीले थप अनुसन्धान गरिरहेको छ