थप तीन सय १६ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा थप तीन सय १६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार सात सय २७ जनाको नमुना परीक्षण गर्दा दुई दशमलव ४८ प्रतिशत अर्थात् तीन सय १६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै थप दुई सय ५९ जना निको भएसँगै कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या आठ लाख तीन हजार एक सय ६८ पुगेको छ ।

यही अवधिमा तीन जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय २९ पुगेको छ ।

अहिले नेपालमा ६ हजार नौ सय ५४ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।