भरूवा बन्दुकसहित संखुवासभाबाट एक पक्राउ

संखुवासभाबाट प्रहरीले भरूवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचखपन नगरपालिका–५ खमारे बस्ने रामबहादुर राई रहेका छन् ।
भरूवा बन्दुक लुकाई राखेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभा र ईलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले उनलाई मंगलबार बिहान पक्राउ गरेको हो ।
पक्राउ परेका उनीङ्गाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।