लागु–औषध मुद्धाका फरार प्रतिवादी पक्राउ

विराटनगर ।

लागु–औषध मुद्धाका फरार प्रतिवादी सुनसरी धरान उपमहानगरपालिका १३ जानकी चौकका २७ बर्षीय प्रवेश सुनुवार पक्राउ परेका छन ।

लागु–औषध मुद्धामा उच्च अदालत विराटनगर बाट मिति २०७६ मंसिर २४ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष १० महिना ३ दिन कैद र रु.१,००,०००।– (एक लाख) जरिवाना भई लगत नं. २८१ मा कैद तथा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका सुनुवारलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा शनिबार फेला पारेको हो ।

प्रतिबादी सुनुवारलाई आइतबार सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरेको छ ।