एमाले अध्यक्षका लागि ओली र रावलबीच चुनाव हुने

नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच चुनाव हुने भएको छ । ओलीले रावललाई उपाध्यक्षमा बस्न आग्रह गरे पनि रावलले अस्विकार गर्दा सोमबार चुनाव गर्ने तयारी भएको हो ।

हिजो दिनभर र राति अबेरसम्म पनि नेताहरुसँग छलफल गरेर ओलीले रावललाई उपाध्यक्षमा बस्न आग्रह गर्नुभएको थियो ।
चितवनको सौराहामा राति अबेर सुरु भएको बन्द सत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेर उहाँले रावललाई उपाध्यक्षमा बस्न प्रस्ताव गरे पनि रावलले अस्वीकार गर्नुभएको छ । रावललाई मनाउने प्रयास असफल भएपछि आज चुनाव गर्ने तयारी भएको छ ।

निर्वाचन प्रक्रिया हिजै सुरु हुने कार्यतालिका भए पनि यसमा हेरफेर गरिएको छ ।