ए डिभिजन लिगमा मनाङको लगातार दोस्रो जित

नेपाल आयल निगम मनाङ–मर्स्याङ्दी क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार दोस्रो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मनाङले नेपाल आइस हिमालयन शेर्पामाथि १–० को जित निकाल्दै लिगमा लगातार दोस्रो जित आत्मसात गरेको हो ।

जितपछि मनाङ दुई खेलबाट ६ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । पहिलो हार बेहोरेको शेर्पाको दुई खेलबाट १ अंक छ । मनाङले पहिलो खेलमा जावलाखेल युथ क्लबलाई १–० ले पराजित गर्दा शेर्पाले संकटासँग १–१ गोलको बराबरी खेलेको थियो ।