ए डिभिजन लिग : एपीएफ च्यासलसँग पराजित

च्यासल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको छ । च्यासलले विभागीय नेपाल एपीएफ फुटबल क्लबलाई १–० ले पराजित गर्दै लिगमा पहिलो जित दर्ता गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा च्यासलको जितमा रुमेश बर्ताैलाले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ४९औं मिनेटमा गोल गरेका थिए ।

एपीएफको यो लगातार दोस्रो हार हो । यसअघि एपीएफले पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबसँग ३–२ को हार बेहोरेको थियो । लगातार दोस्रो हार बेहोरेसँगै एपीएफ अंकविहीन हुँदै पुछारमा छ ।