ब्राउन सुगर सहित इटहरीबाट एक पक्राउ

सुनसरी ।

सुनसरी ईटहरी उपमहानगरपालिका ४ श्रमिक टोलबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भक्तपुर १० घर भई सोही स्थानमा कोठा गरी बस्ने ३० बर्षीय संजय लामा रहेका छन् ।

शुक्रबार बेलुका ६ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले लामालाई कोठाबाट ब्राउन सुगर ९ ग्राम २० मिलीग्राम सहित पक्राउ गरेको थियो ।

पक्राउ परेका लामाको थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।