ए डिभिजन लिग : संकटाले फ्रेन्ड्सलाई २–१ ले हरायो

संकटा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ललितपुरको फ्रेन्ड्स क्लबमाथि जित निकालेको छ । फ्रेन्ड्सले संकटासँग २–१ को हार बेहोरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा संकटाको जितमा निरज बस्नेत र फोडे फोफानाले गोल गर्दा फ्रेन्ड्सका कप्तान प्रकाश बुढाथोकीले एक गोल गरे ।

जितपछि संकटाको दुई खेलबाट ४ अंक पुगेको छ । पराजित फ्रेन्ड्सको दुई खेलबाट १ अंक छ ।
लिगमा शनिबार दुई खेलमा प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा च्यासल युथ क्लब र नेपाल एपीएफ फुटबल क्लब तथा दोस्रो खेलमा हिमालयन शेर्पा र मनाङ–मर्स्र्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।