चोरी मुद्धाका फरार प्रतिबादी पक्राउ

विराटनगर ।
चोरी मुद्धाका फरार प्रतिबादी सुनसरी धरान उपमहानगरपालिका १७ नमस्ते चौक का २८ बर्षीय गोफ्ले भन्ने गोपाल गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
चोरी मुद्धामा सुनसरी जिल्ला अदालतबाट मिति २०७६ जेठ ९ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः लगत नं. ८९५९ मा रु.५९,९०६÷– (उनसाठी हजार नौ सय छ) जरिवाना, लगत नं. ८९६० मा २ महिना कैद र रु.१७,०००÷– (सत्र हजार) जरिवाना र ८९६१ मा ८ महिना कैद र रु.५३,०००÷– (त्रिपन्न हजार) जरिवाना भई कैद तथा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका गुरङलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा बिहिबार पक्राउ गरि सुनसरी जिल्ला अदालतमा दाखिला गरेको हो ।
प्रतिबादी गुरुङलाई अदालत बाट कैद भुक्तानको लागी कारागार चलान गरेको प्रहरीले जनाएको छ ।