बिराटनगरबाट लागूऔषध सहित एक पक्राउ

मोरङ
मोरङको बिराटनगर महानगरपालिका १५ मा रहेको १ नम्बर ढाटबाट प्रहरीले लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा हिले बस्ने २३ बर्षीय विवेक तामाङ रहेका छन् ।
बिहिबार बेलुका पौने ४ बजे लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनको साथबाट लागूऔषध लुपिजेसिक ९ एम्पुल, डाईजाल्याब ९ एम्पुल, एभिल ९ एम्पुल र फेनारगन ९ एम्पुल सहित पक्राउ गरेको हो ।
पक्राउ परेका तामाङको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरेहेको छ ।