नेपालले कुवेतलाई ९ विकेटले हरायो

आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले तेस्रो खेलमा कुवेतलाई ९ विकेटले पराजित गरेको छ । जितको लागि २८ रनको सामान्य विजयी लक्ष्य नेपालले ३.३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।
त्यसअघि आइसिसी एकेडेमी दुबईमा टस जितेर पहिला ब्याटिङ थालेको कुवेत १५.४ ओभरमा २७ रनमा अल आउट भएको थियो ।
नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको थियो । नेपालले अव शुक्रबार मलेसिया र आइतबार युएईसँग खेल्नेछ । शीर्ष स्थानमा रहेर अगामी वर्ष हुने टि२० ग्लोबल क्वालिफायर खेल्न नेपालले बाँकी दुबै खेलमा सानदार जित हात पार्नुपर्ने हुन्छ ।

नेपाल ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ शीर्षस्थानमा छ । युएई २ खेलमा ४ अंकका साथ नेटरनरेटका आधारमा दोस्रो स्थानमा छ । मलेसिया, हङकङ र भुटान समान २ अंकका साथ तेस्रो, चौथो र पाँचौं स्थानमा छन् ।