थप तीन सय आठ जनामा कोरोना सङ्क्रमण

२४ घण्टामा थप तीन सय आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आठ हजार नौ सय नौ जनाको नमुना परीक्षण गर्दा तीन सय आठ जनामा सङ्क्रमण देखिएको हो ।

यस्तै थप दुई सय ९८ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख एक हजार चार सय दुई पुगेको छ ।

यही अवधिमा दुई जना सङ्क्रमितको ज्यान गएको छ । योसहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय १६ पुगेको छ ।

नेपालमा अहिले सात हजार तीन सय ४९ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।