टि२० विश्वकप एसिया छनोटमा नेपालले भुटानलाई ८ विकेटले हरायो

आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको छ ।
जितका लागि ६२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ८.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।
त्यसअघि आइसिसी एकेडेमी ग्राउन्ड नम्बर २ दुबईमा टस जितेर पहिला ब्याटिङ थालेको भुटानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६१ रन जोडेको थियो ।
नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो । नेपाललाई शीर्ष स्थानमा रहेर ग्लोबल छनोटमा पुग्न बाँकी तीन खेलमा जित्नुपर्ने हुन्छ । नेपालले तेस्रो खेलमा बिहीबार कुवेतसँग खेल्नेछ ।
भुटानमाथि सहज जितका साथ नेपालले अघिल्लो चरणको सम्भावना कायमै राखेको छ ।