फरार प्रतिबादी पक्राउ

विराटनगर ।
ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिबादी सुनसरी धरान उपमहानगरपालिका १६ गैरीटोल का ५५ बर्षीय नविन गिरीलाई पक्राउ परेका छन । पक्राउ परेका गिरीलाई सोमबार जिल्ला अदालत सुनसरीबाट कैद भुक्तानको लागी करागार चलान गरिएको छ ।

उच्च अदालत बिराटनगरबाट मिति २०७७ साल माघ ७ गतेको सजाय निर्धारण फैसला आदेशले ४ बर्ष ७ महिना ४ दिन कैद भई लगत नं.– ९४३६ मा कैद बेरुजु रहि सजाय भुक्तान गर्न बाँकी रहेका गिरीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा सोमबार पक्राउ गरेको थियो ।