दुई सय ९९ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा नेपालमा ११ हजार एक सय ५१ जनाको नमुना परीक्षण गर्दा दुई सय ९९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यो परीक्षण गरिएका नमुनाको दुई दशमलव ६८ प्रतिशत हो ।

यस्तै पछिल्लो २४ घण्टामा थप दुई सय ६० जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९९ हजार एक सय ७६ पुगेको छ । अहिले नेपालमा सात हजार ६ सय ४२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
यही अवधिमा ६ जना सङ्क्रमितको ज्यान गएको छ । योसहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ८९ पुगेको छ ।