कोरोनाका कारण थप दुईको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप २ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । यो सहित कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ७१ जना पुगेको छ ।

दुई सय ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी आठ हजार दुई सय ४३ जनाको नमूना परीक्षण गर्दा दुई सय ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज थपिएकासहित नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख १६ हजार ६ सय ७५ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९५ हजार ७२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा चार सय ७८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९७ हजार नौ सय २६ पुगेको छ ।

अहिले नेपालमा सात हजार दुई सय २८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।