जसपाको सुज अभियान अन्तर्गत कात्तिक २९ गते अध्यक्ष उपेन्द्र यादव बेलबारी आउने


जनता समाजवादी पार्टीको संगठन सुदृढिकरण तजा जनजागरण अधियान (सुज अभियान) अन्तर्गत बेलबारीमा पार्टीका केन्द्रिय उपेन्द्र यादव सहितका केन्द्रिय नेताहरु बेलबारी आउने भएका छन् । सुज अभियान अन्तर्गत बेलबारीमा हुन लागेको जनजागरण तथा पार्टी प्रवेश कार्यक्रममा यादवसहितका नेता सहभागी हुने जसपा नेपाल उत्तरी क्षेत्र आर्कले बेलबारीमा शनिबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
कार्यक्रम कात्तिक २९ गते सोमबार बेलबारी १ स्थित तमुवुद्धिष्ट गुम्बामा आयोजना हुने पार्टीको उत्तरी क्षेत्र आर्क मोरङका सदस्य सचिव केशव थापामगरले जानकारी दिए । उनका अनुसार सो कार्यक्रममा केन्द्रिय अध्यक्ष यादवसहित,केन्द्रिय कार्यकारिणी सदस्य युवराज कार्की,केन्द्रिय सदस्य तथा प्रदेश नंम्बर १ का अध्यक्ष प्रविण चाम्लिङ,केन्द्रिय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिम,केन्द्रिय सदस्य तथा प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जयराम यादव लगायत सहभागी हुने सो जसपाले जानकारी दिएको छ ।
पार्टीको संगठन सुदृढिकरण गर्दै मजवुत बनाउने र आफ्ना एजेण्डाहरु जनतमाझ पुर्याउने लगायत उद्देश्यले अभियान अन्तर्गत कार्यक्रम आयोजना हुन लागेको आर्कका संयोजक केशवमान गुरुङले जानकारी दिएका छन् ।
पत्रकार सम्मेलनमा जसपाका केन्द्रिय सदस्य तथा शिल्पी विशेष प्रदेश समिति अध्यक्ष दलमर्दन कार्मी,प्रदेश सदस्य केदार धिमाल लगायतको उपस्थिति रहेको थियो ।