एन प्याब्सन बेलबारीको अध्यक्षमा कुमार खुलाल

बेलबारी ।
निजी विद्यालयहरुको छाता संगठन राष्ट्रीय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन) बेलबारी नगर समितिको अध्यक्षमा कुमार खुलाल चयन भएका छन । बुधवार सम्पन्न एन प्याब्सन बेलबारीको प्रथम अधिवेशनले खुलालको अध्यक्षतामा नौ सदस्यीय नगर कार्यसमिति चयन गरेको हो ।

अध्यक्ष चयन भएका खुलाल गुरुकुल पाठशाला मोरङका संचालक तथा प्रिन्सिपल हुन । खुलालले नर्बेको ओस्लोमेट विश्वविद्यालयबाट एमफिल सम्मको अध्ययन पुरा गरेका छन् । खुलालले ओस्लोकै सोही विश्वविद्यालयबाट सार्वजनिक स्वास्थ्य र लोक कल्याणकारी नितिमा स्नातक साथै त्रिभुवन विश्वविध्यालयबाट अङ्ग्रेजी विषयमा समेत स्नातक गरेका छन् ।

नव निर्वाचित सो नगर समितिको उपाध्यक्षमा जेभियर इङ्लिस स्कुलका अध्यक्ष गजेन्द्र बस्नेत, सचिवमा डेल्टा ईङ्लिस स्कुलका अध्यक्ष पर्वत खालिङ राई, कोषाध्यक्षमा बाहुनी कलेजियटका प्रिन्सिपल नविनकुमार चौधरी चयन भएका छन । सदस्यहरुमा लोकबहादुर रोक्का, मणिकुमार तामाङ, दिपेन्द्र खुलाल, नारायण ढकाल र लिला बल्लभ गिरी चयन भएका छन ।
एन प्याब्सन मोरङका जिल्ला अध्यक्ष सुनिल दत्त अधिकारीको प्रमुख आथित्य तथा बेलबारी एन प्याब्सन नगर समिति संयोजक नारायण ढकालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।