बक्राह खोलाले २ युवक बगायो

मोरङ ।
मोरङ रंगेली नगरपालिका ७ बक्राह खोलामा नुहाउन गएका २ जना युवकलाई बगाएको छ । बगाएका मध्ये एक जनाको मृत्यु भएको छ भने अर्का युवक बेपता भएका छन् ।

बुधबार दिउसो साढे १२ बजे भारत मध्यापुरा सिंहेश्वरथान घर भई रंगेली नगरपालिका ६ भन्सार टोल सुरेश साहको घरमा पाहुना आएका २१ बर्षीय बिटु कुमार साह र १८ बर्षीय राजा साह बक्राह खोलाको पानीमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका थिए ।
घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटि गई खोजतलास गर्दा बिटु कुमार साह फेला पारी उपचारको लागी रंगेली अस्पताल पठाई चेकजाँच गर्दा मृत्यु भईसकेको थियो भने राजा साहको खोजतलास भईरहेको छ ।