ब्राउन सुगर सहित उर्लाबारीबाट एक जना पक्राउ

मोरङ, ।
मोरङको उर्लाबारी नगरपालिका ३ मंगलबारे धिमाल टोलबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २३ बर्षीय सबिन लिम्बु रहेका छन् ।

मंगलबार बेलुका ७ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर १ ग्राम ४३० मिलीग्राम र नगद रु ५० हजार ४ सय सहित पक्राउ गरेको हो । पक्राउ परेका उनको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।