केराबारी ९ देवीझोडामा जोरधारा रेष्टुरेन्ट सञ्चालनमा


पाँच युवाहरुको संयुक्त लगानीमा केराबारी ९ देविझोडा कुसुमेमा जोरधारा रेस्टुरेन्ट सन्चालनमा आएको छ । स्थानीय युवाहरू पदम कार्की, मीन लिम्बू, अमर राई, निसान बुढाथोकी र गणेश तामाङको सामूहिक लगानीमा सुरु भएको ‘जोरधारा रेस्टुरेन्ट’ को बुधबार उद्घाटन भएको हो । बेलबारी को लालभित्तिबाट उत्तर लाग्ने पिच सडक ले भेट्ने जोरधारामा खुलेको सो रेस्टुरेन्टटको केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीले बुधवार एक कार्यक्रमबिच उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा केराबारी गाउँपालिका वडा नं ९ का अध्यक्ष भूपतिन्द्र प्रताप मल्ल, इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष राम कार्की, गोपाल मेमोरियलका प्रिन्सिपल प्रेम कार्की लगायतको सहभागिता रहेको थियो । उद्घाटन कार्यक्रममा बोल्दै केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीले युवाहरूको सक्रियतामा यसरी आफ्नै ठाउँमा लगानी गरेर व्यवसाय सुरु हुनु राम्रो सङ्केत रहेको बताए । उनले व्यवसाय प्रवर्धनमा पालिकाले सहयोग रहने प्रतिविद्धतासमेत जाएर गरे । युवाहरुले करिब डेढ करोड रुपैयाँको लगानीमा जोरधारा रेष्टुरेन्ट सञ्चालन गरेको जानकारी दिएका छन् । जोरधारा एउटा ऐतिहासिक महत्त्व बोकेको स्थल को रुपमा पनि रहेको छ ।

No description available.


बुधबार बेलुका रेस्टुरेन्ट ले साङ्गितिक कार्यक्रम पनि आयोजना गरेको थियो । कार्यक्रममा विभिन्न सांगितिक प्रस्तुतीहरु सहित मनोरञ्जन प्रदान गरिएको थियो । विहिबार साँझ पनि सांगितिक कार्यक्रम हुने रेष्टुरेन्ट सञ्चालकले जानकारी दिएका छन् ।