कांग्रेस बेलबारीका नगर सचिव पोखरेलद्वारा विद्यार्थीलाई पोशाक वितरण

नेपाली कांग्रेस बेलबारीका नगर सचिव बेलबारी ३ का जनक पोखरेलले बेलबारी ४ स्थित एक सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेका छन् । बेलबारी ४ को श्रीजंगा आधारभुत विद्यालयमा अध्ययनरत ७९ जना विद्यार्थीलाई पोखरेलले निजी खर्चमा पोशाक वितरण गरेका हुन् ।
पोखरेलले सो विद्यालयमा कक्षा १ देखि ३ सम्म अध्ययनरत विद्यार्थीहरुलाई सर्ट–पाइन्ट तथा सर्ट–फ्रक वितरण गरेका थिए । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई केही सहज होस भन्ने उद्देश्यले विद्यालय पोशाक वितरण गरेको पोखरेलले जानकारी दिएका छन् ।
पोशाक वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्यवहादुर थापा, प्रधानाध्यापक सुनिता याख्खा,नेपाली कांग्रेस बेलबारी ४ नम्बर वडा सभापति इन्द्र राई, नगर सदस्य विकि मगर,कांग्रेस क्षेत्रिय प्रतिनिधि चन्द्र लिम्बु लगायतको उपस्थिति रहेको थियो ।