पछिल्लो २४ घण्टामा नेपालमा सात जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ३४ पुगेको छ ।
नौ हजार नौ सय १३ जनाको नमुना परीक्षण गर्दा चार दशमलव पाँच शून्य प्रतिशत अर्थात् चार सय ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसहित नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख १३ हजार आठ सय २८ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९४ हजार सात सय २६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा चार सय ३९ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९३ हजार दुई सय ७१ पुगेको छ ।
अहिले नेपालमा नौ हजार एक सय २३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।