रंगेलीमा ट्रकको ठक्करबाट पदैल यात्रीको मृत्यु

मोरङ ।
मोरङ रंगेली नगरपालिका ८ दर्बेशा चौकमा ट्रकको ठक्करबाट पदैल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २८ बर्षीय शनि राजबंशी रहेका छन् ।

आज बिहान साढे ६ बजे दक्षिण तर्फ आउदै गरेको मे१ख २२९१ नम्बरको मिनि ट्रकले ठक्कर दिई घाईते भएका राजबंशीको उपचारको लागी रंगेली अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको थियो ।
ठक्कर दिने ट्रक र ट्रक चालक मोरङ कानेपोखरी गाऊपालिका ६ का ३२ बर्षीय जितेन्द्र राजबंशी ईलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा रहेको छ ।