प्रदेश १ मुख्यमन्त्रीमा राजेन्द्र राईलाई अघि सार्ने विपक्ष गठबन्धनको निर्णय

प्रदेश १ को विपक्ष गठबन्धनले मुख्यमन्त्रीले विश्वासको मत लिँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । गत भदौ १० गते नियुक्त भएका मुख्यमन्त्री भीम आचार्यले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् ।

मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र राईलाई अघि सारेको छ ।
आफ्नो पक्षमा बहुमत रहेको दाबी गरिरहेको गठबन्धनले प्रदेश प्रमुखबाट आह्वान भएपछि राईलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने निर्णय गरेको हो ।

आइतबार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको बैठकले मुख्यमन्त्रीमा एकीकृत समाजवादीका राईलाई अघि सार्ने निर्णय गरेको नेकपा माओवादी केन्द्र प्रदेशसभा १ का संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले जानकारी दिए ।