२४ घण्टामा ४ सय ८ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा थप चार सय आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी सात हजार आठ सय ९९ जनाको नमुना परीक्षण गर्दा चार सय आठ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये पाँच दशमलव १६ प्रतिशतमा सङ्क्रमण देखिएको हो ।

यस्तै थप पाँच सय १८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९१ हजार सात सय ८७ पुगेको छ । अहिले नेपालमा नौ हजार तीन सय ७६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै थप आठ सङ्क्रमितको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय सात पुगेको छ ।