बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा सुन्दरहरैचाका १ पक्राउ

बिराटचौक । 

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा मोरङ सुन्दरहरैचाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैचा नगरपालिका–१२ बस्ने ४५ वर्षीय जनक चौधरीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

चौधरीले ती बालिकालाई बुधबार साँझ यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी प्रहरीले दिएको छ ।