एएफसी यू–२३ छनोटमा नेपालले आज ताजिकिस्तानसँग खेल्दै

नेपाली राष्ट्रिय यू–२३ फुटबल टोलीले एएफसी यू–२३ एसियन कप छनोट अन्तर्गत समूह बीको दोस्रो खेलमा आयोजक ताजिकिस्तानसँग खेल्दैछ । खेल नेपाली समयानुसार साँझ ७ः४५ बजे हुनेछ ।

आज नेपाल पहिलो अङ्कको खोजीमा हुनेछ ।
नेपाल पहिलो खेलमा इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो । आज ताजिकिस्तान भने लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा ताजिकिस्तानले लेबनानलाई हराएको थियो ।

नेपालले अब आउँदो आइतवार लेबनानसँग खेल्नेछ ।