वर्षाका कारण प्रदेश १ मा ८० करोड बराबरको धानमा क्षति

असोज ३१ गतेदेखिको बेमौसमी वर्षाका कारण प्रदेश १ मा ८० करोड रुपैयाँ बराबरको २८ हजार ४६९ मेट्रिकटन पाकेको धानमा क्षति पुगेको छ । प्रदेश १ को झापा, सुनसरी र मोरङमा वर्षातको असर धेरै छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार प्रदेशको ६७ हजार ९१९ हेक्टर क्षेत्रफलमा वर्षाको असर र क्षति देखिएको छ । क्षतिको विवरण अझै बढ्न सक्ने मन्त्रालयले जनाएको छ ।