साफ च्याम्पियनसिप : फाइनल आज, नेपाललाई इतिहास रच्ने मौका

नेपालले आज साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि भारसँग फाइनल खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका पौने ९ बजे माल्दिभ्सको मालेमा रहेको राष्ट्रिय रङ्गशालामा हुनेछ ।

साफ इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको हो । आजको फाइनल खेल जिते नेपालले इतिहास रच्ने छ ।

पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको शीर्ष स्थानमा रहेर भारतले फाइनल खेल्न लागेको हो । नेपालले दोस्रो स्थानमा रहेर फाइनलमा स्थान सुरक्षित गरेको हो ।