चितवन टाइगर्स इपिएलको फाइनल प्रवेश

चितवन टाइगर्स एभरेष्ट प्रिमियर लिग (इपिएल) को फाइनल प्रवेश गरेको छ । बुधबार पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै चितवन पहिलो पटक फाइनलमा पुगेको हो ।

इपिएलको पहिलो क्वालिफायरमा जितको लागि ६७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको चितवनले ७.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।
त्यसअघि टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखरा १५ ओभरमा ६६ रनमा अल आउट भएको थियो । यो इपिएल इतिहासकै सर्वाधिक कम योगफल हो । यसअघि २०१८ मा पोखराले विराटनगर वारियर्सविरुद्ध सर्वाधिक कम ८४ रन बनाएको थियो ।