बेलबारीमा व्यङ्ग्यनिबन्धसङ्ग्रह ‘मुखास्त्र’ को लोकार्पण

बेलबारी ।
प्रदेश नं १ का निबन्धकारहरुको संयुक्त व्यङ्ग्यनिबन्धसङ्ग्रह ‘मुखास्त्र’ को लोकार्पण भएको छ । व्यङ्ग्य सर्जक भैरव अर्यालको ४४ औँ स्मृति दिवसको अवसरमा मंगलबार बेलबारीमा मुखास्त्र’ को लोकार्पण गरिएको हो ।

छावा प्रकाशन बेलबारीको आयोजनामा भएको सार्बजनिकीकरण कार्यक्रममा बेलबारी नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले व्यङ्ग्यनिबन्धसङ्ग्रहको विमोचन गरेका थिए । व्यङ्ग्यनिबन्धसङ्ग्रह ‘मुखास्त्र’ मा प्रदेशभरिका ३३ वटा रचना समेटिएको साहित्यकार ईरान राईले जानकारी दिए ।

विमोचन कार्यक्रमका विशेष अतिथिको रूपमा रहेका, भैरव आर्याल पुरस्कार गुठीका संरक्षक रोचक घिमिरे, प्राज्ञ नरनाथ लुइँटेल, सिस्नो पानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, साहित्यकारहरू देवी पन्थी, प्रेम ओझा, मिश्र बैजयन्ती, हरि कट्टेल, टीका आत्रेय, तीला लेकाली लगायतका स्रष्टाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले आ–आफ्ना साहित्यिक रचना वाचन समेत भएका थिए ।




Leave a Reply

Your email address will not be published.