११ लाख भारतिय नोट सहित एक पक्राउ

ईलाम ।
प्रहरीले इलामबाट भारतिय नोट सहित एक जनालाई पक्राउ गरेको छ । सुर्योदय नगरपालिका ६ हर्कटे चौक स्थितबाट प्रहरीले भारतिय नोट सहित सुर्योदय नगरपालिका १० फिक्कल का ३५ बर्षीय अनुप अग्रवाललाई पक्राउ गरेको हो ।

प्रहरी चौकी हर्कटेबाट खटिएको प्रहरी टोलीले अग्रवाल सवार मे १ च ६४२४ कारलाई चेकजाँच गर्ने क्रममा उनको साथमा रहेको कालो ब्यागमा २ हजार, ५ सय, २ सय र १ सयको नोट गरि जम्मा भारतिय रुपिया ११ लाख फेला पारेको थियो । भारतिय नोट सहित पक्राउ परेका उनलाई कानुनि कारबाहीको लागी आन्तरिक राजस्व कार्यालय ईटहरीमा पठाउने पहल भईरहेको प्रहरीले जनाएको छ ।