कोरोना संक्रमणका कारण थप १३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप १३ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । यो सहित सहित कोरोना सङ्क्रमणका कारण अहिलेसम्म ११ हजार एक सय ४८ जनाले ज्यान गुमाएका छन् ।

एक हजार ६६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १३ हजार तीन सय ६८ जनाको नमुना परीक्षण गर्दा एक हजार ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज थपिएकासहित पीसीआर विधिबाट गरिएको परीक्षणमा सात लाख ९५ हजार नौ सय ५९ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ९१ हजार सात सय २१ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा नौ सय ३८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ६६ हजार ६ सय ९६ पुगेको छ ।
अहिले नेपालमा १८ हजार एक सय १५ जना सक्रिय सङ्क्रमित रहेकामा तीन सय ५४ जनाको आईसीयू र एक सय १६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।