नेपालाई १ करोड ७८ लाख ५८ हजार डोज खोप प्राप्त, सबैभन्दा धेरै भेरोसेल

नेपालले अहिलेसम्म कोभिड–१९ विरुद्धको खोप एक करोड ७८ लाख ५८ हजार सात सय १० मात्रा (डोज) प्राप्त गरेको छ ।
नेपालले प्राप्त गरेका खोपमध्ये सबैभन्दा धेरै चिनियाँ खोप भेरोसेल एक करोड १९ लाख मात्रा रहेको छ । यस्तै कोभिशिल्ड खोप २४ लाख मात्रा, बेलायतमा उत्पादन भएको अस्ट्राजेनेका खोप १९ लाख ७५ हजार आठ सय ६० मात्रा रहेको छ ।
साथै जोनसन एन्ड जोनसन खोप १५ लाख ३४ हजार आठ सय ५० मात्रा प्राप्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।