सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार भन्दा तल

नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा एक हजार तीन सय ७१ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार सात सयमा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सक्रिय सङ्क्रमितमध्ये तीन सय ६३ जनाको आईसीयू र एक सय नौ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ५९ हजार आठ सय ७५ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा नौ सय ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै नेपालका कोरोना सङ्क्रमण हुनेको सङ्ख्या आठ लाख ८१ हजार एक सय पाँच जना पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार पाँच सय ७९ जनाको नमूना परीक्षण गर्दा नौ सय ५३ जनामा सङ्क्रमण पुष्टि भएको हो । जुन परीक्षण गरिएकामध्ये नौ प्रतिशत भन्दा केही बढी हो । थप ६ जनाले ज्यान गुमाएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ८७ पुगेको छ ।