बसको ठक्करबाट बेलबारी ८ डाँगिहाटका पन्तको मृत्यु

मोरङ ।
मोरङ बुढिगंगा गाऊपालिकामा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । बुढिगंगा गाऊपालिका १ शान्ती चौक स्थित कोशी लोकमार्गमा बसको ठक्करबाट साईकलमा सवार बेलबारी नगरपालिका ८ डाँगिहाट का ५१ बर्षीय देबेन्द्र पन्तको मृत्यु भएको हो ।

बिहिबार बेलुका सवा ६ बजे विराटनगर आउदै गरेको को १ ख ७५४८ नम्बरको बसले सोही दिशा जादै गरेको साईकललाई पछाडीबाट ठक्कर दिदाँ पन्त गम्भिर घाईते भएका थिए ।
साईकल चालक पन्तको कोशी अस्पताल विराटनगरमा बेलुका साढे ६ बजे मृत्यु भएको हो ।
बस र चालक सुनसरी रामधुनी नगरपालिका ५ का ५३ बर्षीय शिब बहादुर पौडेललाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।