थप नौ जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्गियो

नेपाली कांग्रेसले थप नौ जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ । क्रियाशील सदस्यता विवाद देखिएका काभ्रे, सिन्धुपाल्चोक, मोरङ, महोत्तरी, बाजुरा, बर्दिया, पर्सा, कपिलवस्तु र कैलालीको विवाद टुंग्याएको हो ।

विवाद देखिएका बाँकी ११ जिल्लामा पनि छिट्टै क्रियाशील सदस्यता टुङ्ग्याइने कार्यदलले जनाएको छ ।
कांग्रेसको अहिलेसम्म ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । कांग्रेसको महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाण्डौमा हुनेछ ।