नेपालले आज ओमानसँग खेल्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एक दिवसीय क्रिकेट श्रृङ्खलाको दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । खेल अल अमिरात मैदानमा दिउँसो सवा चार बजे सुरु हुनेछ ।

ओमान लिग–२ को शीर्ष स्थानमा छ । ओमानले १० खेलमा १६ अङ्क जोडेको छ । १३ खेलमा १२ अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा छ । नेपालले ५ खेलमा ६ अङ्क जोडेको छ भने छैटौं स्थानमा रहेको छ ।
शीर्ष तीन देश सन् २०२३ को जुलाईमा जिम्बाबेमा हुने विश्वकप छनोटमा पुग्नेछन् ।
हिजो भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो ।